|

काठमाडौं : अमेरिकाको टेक्सस नेपाली समाजका पूर्व अध्यक्ष कृष्ण लामिछाने  आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन्। 

टेक्ससस्थित घरमै उनी मृत फेला परेको नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष विकासराज न्यौपानेले जानकारी दिए। उनले आज मृत फेला परेको र एनआरएनए अमेरिकाको टोली उनको निवासमा रहेको बताए।

मृत्युको कारण पत्ता नलागेको र उनको शव अहिले पोष्मार्टमका लागि अस्पताल लगिएको न्यौपानेले बताए।

लामिछाने एनआरएनए अमेरिकाको अध्यक्षका लागि भएको निर्वाचनमा पराजित भएका थिए। उनी जनसम्पर्क समिति अमेरिका स्थापनामा पनि सकृय थिए। गोरखा घर भएका लामिछाने टेक्ससमा व्यवसाय गर्दै आएका र  सक्रिय सामाजिक अभियन्ताको रुपमा परिचित थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.