|

काठमाडौं : वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन भएको छ।  ८६  वर्षीया ताम्राकारको गएराति न्युरो अस्पताल बाँसबारीमा उपचारका क्रममा निधन भएको हो। ​

वि.सं. २०१८ सालदेखि रेडियो नेपालमा काम गरेकी ताम्राकार निडर र हक्की स्वभावकी थिइन्। लामो समयसम्म रेडियो नेपालमा काम गरेकी ताम्राकारको रेडियो पत्रकारितामा अतुलनीय योगदान छ। उनको आजै दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.