|

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई नेपाली कांग्रेसले विश्वासको मत दिने भएको छ। 

मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत माग्न राखेको प्रस्तावमा बोल्दै कांग्रेस प्रदेशसभा संसदीय दलका नेता बहादुरसिंह लामाले यस्तो जानकारी गराएका हुन्। 
उनले सरकार परिवर्तनमा देशी विदेशी चलखेल केही पनि नरहेको जिकिर गरे।

‘आफू सत्तामा हुँदा प्राकृतिक हुने अरू हुँदा विदेशी चलखेल हुने भन्ने हुँदैन।’ लामाले भने, ‘अलि अलि केन्द्रको हस्तक्षेप भयो होला तर विदेशी हस्तक्षेप केही पनि छैन।’ 

पुस २५ गते एमाले र राप्रपाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेलले शुक्रबार दोस्रोपटक विश्वासको मत लिन लागेका हुन्।  फागुन १३ गते राप्रपाले समर्थन फिर्ता लिएपछि उनले संविधानअनुसार दोस्रो पटक विश्वासको मत लिनु परेको हो।

यसअघि माघ ३ गते पहिलोपटक विश्वासको मत लिँदा जम्कट्टेलले १ सय १० सदस्यीय प्रदेशसभामा १ सय ५ सांसदको समर्थन प्राप्त गरेका थिए।

उनलाई नेपाली कांग्रेसले विश्वासको मत दिने निर्णय गरेको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.