|

विराटनगर : आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा १८  जना घाइते भएका छन्।

विराटनगरको बिग होटलमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तर क्रियात्मक कार्यशालामा सहभागी हुन आउने सांसदहरूलाई दबाब दिन पुगेका पहिचान पक्षधर आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा १८ जना घाइते भएका हुन्।

आन्दोलनकारीले प्रहरीको घेरा तोड्न खोजेपछि झडप हुँदा नेपाल प्रहरकिा ६ जना घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए। सशस्त्रको ४ जना घाइते भएको सशस्त्र प्रहरी बलले जनाएको छ।  

यता, आन्दलोनकारी तर्फ ९ जना घाइते भएका छन्। घाइते हुनेहरूमा धरान- ८ का अशोक राई, तरहराका सरोज लिम्बू, धरान- ११ का ज्ञानबहादुर राई, धरान- १६ का शिव आङ्देम्बेक, इलाम माङसेबुङका उदय लिम्बूको, मोरङ ग्रामथानका सुरज राई, धरान- ६ र अर्का धरानका एन के दर्नाल , विशाल राई र ईटहरीका पदमलाल लिम्बू घाइते भएका छन्। घाइतेहरूको कसैको खुट्टमा त कसैको टाउकोमा चोट लागेको छ।

झडपका कारण केही समय विराटनगर तनावग्रस्त बनेको थियो। प्रहरीले आन्दोलनकारी माथि पानीको फोहराका साथै अश्रुग्यास प्रहार गरेको थियो भने आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.