|

ललितपुर– गोदावरी नगरपालिका अन्तर वडास्तरीय नकआउट फुटसल प्रतियोगिताको उपाधि वडा नं. ११ चापागाउँले जितेको छ । वडा नं.१ गोदामचौरलाई हराउँदै वडा नम्बर ११ ले उपाधि जितेको हो।

नेकपा एमालेको ग्रासरुट अभियानअन्तर्गत ,राष्ट्रिय युवासंघ नेपाल गोदावरी नगर कमिटीले आयोजना गरेको प्रतियोगितामा नगरका १४ वटै वडासहित १६ वटा टिम सहभागी थिए।

विजेता वडा नम्बर ११ ले ५० हजार नगदसहित ट्रफी र मेडल जितेको छ। यस्तै उपविजेता वडा नम्बर १ ले २० हजार नगदसहित ट्रफी र मेडल हात पारेको छ।

प्रतियोगितामा वडा नं. १ टिमका अरुण लामा उत्कृष्ट खेलाडी, वडा न.११ का नदिम देशार उत्कृष्ट गोलरक्षक र वडा नं.३ (बि) टिमका दामोदर कककुबर उच्च गोलकर्ता बन्न सफल भए ।

विजेता र उपविजेता टोलीलाई प्रदेश सभा सदस्य मधुसूदन पौडेल र राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय महासचिव क्षितिज थेवेले पुरस्कार वितरण गरे। प्रतियोगितामा वडा नम्बर ३ र वडा नम्बर १० का २–२ वटा टिम रहेका थिए। प्रत्येक टिममा ८–८ जना खेलाडी र १–१ जना टिम कोच र म्यानेजर रहेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.