|

गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाले नेपाली नयाँ वर्ष २०८० को उपलक्ष्यमा शुभकामना आदानप्रदान, सांस्कृतिक तथा सांगीतिक कार्यक्रम आयोजना गरी मनाएको छ। 

कार्यक्रमको विशिष्ट अतिथि स्थानीय जिरा नगरपालिकाका मेयर क्रोनाद बोर्ज थिए भनेअध्यक्षता एनआरएनए माल्टाका अध्यक्ष भुवन अर्यालले गरेका थिए। प्रमुख अतिथि एनआरएनए अन्तरराष्ट्रिय समन्वय परिषदका सदस्य राजु अर्याल थिए भने सगरमाथा आरोही स्थानीय मार्को कारोमोना, भारतीय राजदूतावास माल्टाका द्वितीय सचिव अनुराधा दास, हिन्दु एसोसिएसन माल्टाका अध्यक्ष सुभाषचन्द्र रोय, स्थानीय भिक्की कामिलेरी तथा माल्टामा रहेका विभिन्न संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधि एवम् समाजसेवीहरु उपस्थित थिए। 

कार्यक्रममा विभिन्न कलाकारहरुले सांस्कृतिक प्रस्तुति दिनुका साथै सम्मान कार्यक्रम गरिएको थियो। विदेशी अतिथिहरुलाई नेपाल झल्काउने खालका मायाको चिनो तथा ढाका टोपी लगाएर सम्मान गरिएको थियो।

अतिथिहरुले नेपाली कला‚ संस्कृति तथा नेपाली रहनसहन मन पराएको बताए। नेपाल भ्रमण गरिसकेका मार्को कारोमोनाले नेपाली जनताले अतिथिहरुलाई भगवान सम्झेर माया गर्छन् भन्दै नेपालीहरुको प्रशंसा गरेका थिए। 

नेपाली चेलीहरु माल्टा महिला क्रिकेट  टिममा छानिएर नेपाल र नेपालीको शिर उच्च पार्ने काम गरेको भन्दै उनीहरुको सफलतामा सम्मान कार्यक्रम पनि गरिएको थियो। अध्यक्ष अर्यालले कार्यक्रममा आयोजकको तर्फबाट केही कमी कमजोरी भएको भए आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता जनाए। 

कार्यक्रममा नेपाल जनसम्पर्क समिति माल्टाका सभापति सन्देश केसी, जिरा नगरपालिका मेयर क्रोनाद बोर्ज, हिन्दु एसोसिएसन माल्टाका अध्यक्ष सुभाष रोय, भारतीय राजदूतावास माल्टाका द्वितीय सचिव अनुराधा दासका साथै गैरआवासिय नेपाली संघ माल्टाका अध्यक्ष अर्यालले गरेका थिए। संस्थाका महासचिव रोशन गिरीले शुभकामना एवम् स्वागत मन्तव्य दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.