|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणबारे आज राजनीतिक परामर्श गर्दैछन्।  

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा दिउँसो २ बजे प्रधानमन्त्री दाहालले पूर्वप्रधानमन्त्री, दल नेता र पूर्व परराष्ट्रमन्त्रीहरुको बैठक बोलाएको  प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द आचार्यले जानकारी दिए। 

त्यसपछि प्रधानमन्त्रीले साढे ३ बजे कुटनैतिक परामर्श गर्ने उनको सचिवालयले जनाएको छ। छलफलका लागि पूर्व परराष्ट्र सचीव, भारतका लागि पूर्व राजदुतहरु र विज्ञहरुलाई बोलाइएको छ। प्रधानमन्त्री यही जेठ १७ देखि २० गते सम्म भारत भ्रमण जाँदैछन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.