|

काठमाडौं :  सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आगामी आर्थिक वर्षमा ११ अर्ब ९६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्दै यस्तो घोषणा गरे। उनले  वायु सेवा निगमको पुनर्संरचना गरी व्यवस्थापकीय सुधारको काम अघि बढाउने बताए। 

हवाई सम्पर्कलाई विस्तार गरी संभाव्य मुलुकसँग हवाई सेवा सम्झौता प्रक्रिया अघि बढाइने उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.