|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माफी माग्नुपर्ने बताएको छ। 

आइतबार सुरु भएको प्रतिनिधिसभा बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको भूमि साट्ने कुरा गरेकाले सदनमा आएर माफी माग्नुपर्ने बताएका हुन्। 

‘भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले फूलबारी रुट बन्दरगाहको रुट पाउनका लागि कालापानी, लिपुलेक क्षेत्र पनि दिन तयार छौं भन्ने कुराले हामीलाई अपमान बोध भएको छ। यस्ता कुरा आउनु दुःखद कुरा हो। प्रधानमन्त्रीले अगाडि आएर माफी माग्नुपर्छ। माफी नमागेसम्म सदन चल्न सक्दैन,’ उनले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.