|

काठमाडौं : नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा देशको सार्वभौमिकता, अखण्डता र जमिनमाथि धावा बोलेको आरोप लगाएका छन्। 

आइतबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग उनले प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा देशमाथि गद्दारी गरेको आरोप लगाएका हुन्।

उनले प्रधानमन्त्रीले देशको सार्वभौमिकता, अखण्डता र नेपालको जमिनमाथि धावा बोलेर आएको भन्दै त्यसप्रति प्रधानमन्त्रीले माफि माग्नुपर्ने बताए। सचेतक बर्तौलाले नागरिकता विधेयकलाई असंवैधानिक रूपमा राष्ट्रघात हुनेगरी प्रमाणीकरण गरिएको बताए।

‘प्लेन चढ्नुभन्दा अगाडि असंवैधानिक हिसाबले नागरिकता विधेयक असंवैधानिक हिसाबबाट यो देशलाई राष्ट्रघात हुनेगरी उहाँले राष्ट्रपतिलाई प्रमाणीकरण गर्न उक्साएर, प्रमाणीकरण गरेर कोसेली लिएर जानुभयो। एक हातमा सिन्दुर अर्को हातमा नागरिकता दिनेगरी आएको छु महामहिम भन्न पुग्नुभयो। त्यसलाई उहाँले उपलब्धि ठान्नुभयो। यो देशका सिमाका विषयमा, लिपुलेक र कालापानीको विषय सट्टा भर्ना, कता कताको जमिन लिने यो देशको प्रधानमन्त्रीलाई यो मुलुकको जमिनका बारेमा यस प्रकारले बोल्ने अधिकार कसले दियो?,’ उनले भने, ‘उहाँलाई त्यो अधिकार छ दिल्लीमा गएर, दिल्लीका शासकहरूका सामु लम्पसार परेर नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा, कालापानी बंगलादेशको सीमाको बाटो लिनेगरी सट्टाफेरि गर्ने। यस प्रकारको अपारदर्शी उहाँले कैयौँ गतिविधि गरेर आउनुभएको छ। हामीले संसदमार्फत सिंगो देशलाई उहाँले भन्नुपर्छ। अपारदर्शी काम गर्ने? यो देशको सार्वभौमसत्ता, यो देशको अखण्डता, नेपालको जमिनमाथि धावा बोलेर आउनुभएको छ। उहाँले देशमाथि गद्दारी गर्नुभएको छ। राष्ट्रघात गर्नुभएको छ। यसको जवाफ दिएर मात्रै पुग्दैन। माफी माग्नुपर्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.