|

काठमाडौं : प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल आज पनि जारी रहने भएको छ। बिहान ११ बजे बस्ने बैठकमा बजेटमाथि बोल्न बाँकी सदस्यहरुले धारणा राख्नेछन्। छलफलमा भाग लिएका सत्ता पक्षका सांसदले बजेटको समर्थन गरेका छन् भने प्रतिपक्षी दलका सांसदहरुले विरोध गरेका छन्। 

हिजोको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका बिलेन्द्र निधिसहित योगेश भट्टराई,माधव सापकोटा,विराजभक्त श्रेष्ठ, बुद्धिमान तामाङ, भानुभक्त जोशी, अब्दुल खान र रामप्रकाश चौधरीले छलफलमा भाग लिए। सांसदहरुले धारणा राख्ने क्रम सकिएपछि छलफलमा उठेका प्रश्नको अर्थमन्त्री डा.प्रकाशशरण महतले जवाफ दिनेछन्। 

यसैबिच राष्ट्रियसभाको बैठक आज बिहान ११ बजेर ११ मिनेटमा बस्ने गरी बोलाइएको छ। राष्ट्रियसभामा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणबारे जानकारी गराउने र त्यसपछि बजेटमाथिको छलफल सुरु गर्ने तयारी छ। 

यसअघि हिजोका लागि तय भएको बैठक प्रधानमन्त्रीले सम्बोधन गर्न नभ्याउने भएपछि सूचना टाँसेर स्थगित गरिएको थियो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.