|

काठमाडौं : विभिन्न सहकारी संस्थाहरूमा जम्मा गरेको पैसा लिएर संचालक फरार भएपछि बचतकर्ताहरू निरन्तर सडक आन्दोलनमा छन्।

देशभरका सहकारी पीडितहरू सहकारीपीडित बचतकर्ता महासंघ संघर्ष समिति नेपाल गठन गरेर काठमाडौंको  माइतीघरमा आन्दोलन गर्दै आएका छन्।

आन्दोलनकै क्रममा आज आइतबार पनि पीडितहरूले माइतीघरमा सहकारी संचालकप्रति आक्रोश व्‍यक्त गर्दै प्रदर्शन गरे। उनीहरूले आफ्ना मागप्रति सरकारले बेवास्ता गरेको र  आफूहरूले दु:खले जोहो गरको पैसा खाएर भाग्ने संचालकहरू पनि मरेको बराबर रहेको भन्दै हरियो बाँस ल्याएर लाश बोक्ने घारोसमेत बताएर विरोध प्रदर्शन गरे।

संघर्ष समितिका अनुसार विभिन्न सहकारीका संचालकले देशभरका सहकारी संस्थाबाट ५० अर्ब रुपैयाँभन्दा बढी रकम ठगेका छन्।

संघर्ष समितिमा करिब १ सयभन्दा बढी सहकारी सहकारी पीडित आबद्ध भइसकेको समितिले जनाएको छ।

उनीहरूले आफूहरूको पैसा खाएर भागेकालाई कानुनी दायरा नल्याएसम्म र आफ्नो बचत रकम ब्याजसहित फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।

केही तस्वीर झलक :​


सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.