|

काठमाडौं : समाजवादी मोर्चा बनाउने निर्णय स्वागत गर्ने भन्दै समाजवादी मोर्चाअन्तर्गत चार पार्टीका भ्रातृ संगठन हिजो पेरिस डाँडामा बसेको बैठकको कारण नेकपा एसनिकट युवा संघमा विवाद सुरु भएको छ।

संस्थापन पक्षले पार्टीले समाजवादी मोर्चा गठन गरिसकेको हुनाले कहीँ कतै छलफल गर्नु नपर्ने दाबी गरेका छन्। सचिव फुर्वा तामाङले भने यो विषय संगठनमा कहीँ कतै छलफल नगरी कुनै निर्णय नभई कसैको व्यक्तिगत लहडमा गरिएको निर्णय अमान्य हुने बताएका छन्।

माओवादी केन्द्रको पार्टी कार्यालयमा गएर गरिएको छलफलले तल्लो तहमा पार्टी माओवादीमा विलय हुन लागेको हो कि भन्ने प्रश्न उब्‍जाएको छ भन्दै उनले उक्त छलफल,बैठक संगठनको आधिकारिक निर्णय नभएको जानकारी दिए।

युवासंघ अहिले महाधिवेशनमा जुटेको छ। युवा संघको नेतृत्वमा दुईवटा गुट देखिएको छ। एउटा अध्यक्ष नरेश शाहीको र अर्को समूह उपाध्यक्ष नितेश पौडेलको रहेको छ।

यद्यपि, युवा संघको विभिन्न विवादका कारण पार्टीले विवाद समाधान गर्न पार्टीको केन्द्रीय सदस्य लक्ष्मण केसीको नेतृत्वमा कार्यदल बनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.