|

काठमाडौं : नेपाली कांग्रेस सिन्धुपाल्चोकका निवर्तमान सभापति विकास लामाको निधन भएको छ।

लामो समयदेखि  ‘क्यान्सर’ पीडित ६४ वर्षीय लामाको उपचारको क्रममा गएराति १२.४५ बजे वीर अस्पतालमा निधन भएको कांग्रेस सिन्धुपाल्चोकका सभापति जंगबहादुर तामाङले जानकारी दिए।

कांग्रेसमा सादगी नेताको रूपमा परिचित लामा कांग्रेसको १४ औँ महाधिवेशनमा सहमहामन्त्री पदका उम्मेदवार थिए। लामाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि आज दिनभर काठमाडौ‌ बौद्ध तिनचुलीस्थित ह्योल्मो गुम्बामा राखिने र आइतबार दाहसंस्कार गरिने पारिवारिक स्रोतले बताएको छ।

लामाका दुई छोरा र चार छोरी छन्। विद्यार्थीकालदेखि नै कांग्रेसको राजनितिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका  लामा १३ औँ महाधिवेशनमा कांग्रेस सिन्धुपाल्चोकको सभापतिमा निर्वाचित भएका थिए। उनले दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसको तर्फबाट प्रत्यासी थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.