|

काठमाडौं : विश्वमा पहिलो पटक रोबोटबाट महिलाको गर्भाधान गराई जुम्ल्याहा शिशु  जन्माइएको छ।

यो घटना स्पेनमा भएको हो। त्यहाँको एक चिकित्सा संस्था ओभरचर लाइफमा एक महिलाको गर्भमा रोबोटको माध्यमबाट शुक्रकीट हालियो। सो रोबोटलाई नियन्त्रण गर्नका लागि प्ले स्टेसन ५ को गेमिङ कन्सोल प्रयोग गरिएको थियो। 

त्यसरी रोबोटको सहयोगले पठाइएको शुक्रकीटबाटै ती महिलाले गर्भधारण गरिन्। यसअघि आइभिएफ प्रविधिमा विशेषज्ञ डाक्टरको निगरानीमै शुक्रकीट र डिम्ब मिलाएर भ्रूणको विकास गरिन्थ्यो तर अब यो काम रोबोटले गर्न सक्ने भएको छ। आईभीएफ प्रविधि महँगो हुने र त्यसमा सफलतापूवर्क गर्भधारण भएर सन्तान प्राप्ति हुने पूर्ण ग्यारेन्टी पनि नभएका कारण वैज्ञानिक तथा यस्ता अस्पताल सस्तो प्रविधिको खोजीमा लागिरहेका थिए।

रोबोटबाट गर्भवती गराइएकी महिलाबाट जन्मिएका जुम्ल्याहा हाल स्वस्थ छन्। ओभरचर लाइफको प्रयोगशालामा प्रशिक्षार्थी एडुअर्ड अल्बाले प्ले स्टेसन ५ को गेमिङ कन्सोलको सहयोगमा रोबोटमार्फत ती महिलाको अन्डाशयमा रहेको डिम्बमा सुईबाट शुक्रकीट हालिदिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.