|

विराटनगर : कोशी प्रदेशका सभामुख बाबुराम गौतमले अप्ठ्यारो परिस्थिति आए राजीनामा दिन तयार रहेको बताएका छन्। सभामुख गौतमले संचारकर्मीहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन्।   कसैको डर, करले  भन्दा पनि  आफ्नो नैतिकता रहने बताउँदै उनले  अप्ठ्यारो परे  राजीनामा दिन  पनि सकिने बताए। 

बिहीबार सभामुखको हस्ताक्षरसहित  कोशी प्रदेशका नवनियुक्त उद्धव थापाको नियुक्ति प्रक्रिया संविधानविपरीत भएको भन्दै सभामुख गौतम विवादमा तानिएका छन्। यता, मुख्यमन्त्री थापाको नियुक्त प्रक्रियाविरुद्ध नेकपा एमाले सर्वोच्च अदालतमा रिट दर्ताका लागिसमेत गएका छन्।

उनै सभामुख गौतमसँग नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथग्रहण कार्यक्रम समापनपछि संचारकर्मीसँग गरिएको  संक्षिप्त कुराकानीको सम्पादित अंश :

तपाईलाई प्रदेशसभा सदस्य भनेर सम्बोधन गर्ने कि सभामुख?

त्यो तपाईहरुको विचार हो अहिले म पदमै  बहालीमा छु।

पछिल्लो तपाईको हस्ताक्षरले सरकार गठन प्रक्रिया नै विवादमा तानिएको छ यो विषयमा तपाई के भन्नुहुन्छ?

त्यस्तो केही पनि भएको छैन। आजसम्मको परम्परालाई हेर्दा सभामुखको नाम सरकार गठनमा गएको देखियो प्रमाणित आधारहरु पुष्टि देखियो।

राष्ट्रपति कार्यालयमा फायलहरु  सुरक्षित नै होलान्। सबै प्रदेश सरकार बन्दा सभामुखहरूको नाम जाने गरेको मैले पाएँ त्यसपछि नाम जान्छ भन्नेकुरामा म ढुक्कै थिएँ। अलिकति विशिष्ट के भयो भने यहाँ साथीहरुले नाम छुट्टै सही गर्नुपर्ने प्रावधानको विषयमा म आफू तयार थिइनँ तर अन्तिम अवस्थामा निकास नदिई नहुने अवस्था पनि देखापर्‍यो जसकारण मैले सहमति दिएको हो।

यो निर्णयलाई अदालतले उल्टयाइदियो भने नि?

अदालत हामी सबैले मान्नुपर्ने संस्था हो। अदालतले उल्ट्यायो भने त्यो उसको कुरा हो।

तपाईलाई हस्ताक्षर गर्न कसले बाध्य बनायो?

यो अहिले  निकास दिने सवालमा मैले गरेको भन्दा भयो।

हस्ताक्षरको विवादमा माओवादी केन्द्रले तपाईको राजीनामा माग्यो भने के गर्नु हुन्छ?

राजीनामाको प्रसंग परिस्थितिमा आउनसक्छ।  ४६-४६ को सरकार चलाइरहन पनि सक्दैनौँ त्यति सहज पनि छैन। सहज नभएको हुँदा असहज अवस्थामा सरकार पनि टिक्दैन र  सभामुख पनि रहिरहन सक्दैन यसको निकास निक्लिनुपर्छ।

त्यसो भए सरकार बनाउन  सभामुख पद नै दाउमा राख्नुभएको  हो?

दाउभन्दा पनि परिस्थितिको उपज हो।  पहिलो कुरा सरकार विघटन हुने बेलामा तयारी हुनपर्दथ्यो त्यो सहज तरिकाको तयारी भएको रहेनछ  भन्ने बुझियो। सहज अवस्था नभएपछि  त्यहाँ सभामुख सहभागी भएर सरकार बनेको अवस्था छ।

धेरैपटक बारम्बार यो आइरहने कुरा हुन्छ। हरेक विधेयकहरुमा आउला त्यसैले बहुमत सिद्ध गर्नु आवश्यकता हुन्छ त्यो कुराको लागि मैले त्यो सरकारले पुर्याउने बल गर्नुपर्छ। सभामुखले प्रत्येक चोटि  त्यसमा सहयोग गर्नेमा बन्छ कि बन्दैन त्यो अवस्था अपेक्षामा नै रहिरह्‍यो भने कसैको दबाबमा होइन मेरो इच्छाले नै राजीनामा दिनुपर्ने परिस्थिति हुन्छ।

भनेपछि तपाईं सभामुख पद त्याग्न तयार हो?

त्याग गर्ने होइन। तर,  कसैको डरले करले भन्दा पनि त्यो मेरो आफ्नो नैतिकताको कुरा पनि पर्न सक्छ। त्यो अप्ठयारोमा मैले राजीनामा दिन पनि सक्छु।

नैतिकताको कुरा गर्नुभयो नैतिक प्रश्न अहिले पनि उठ्यो नि?

 होइन, उठेको त छ तर  यसको निकास चाहिँ के त?

दुई-दुईतिर बाँडिएको छ र यो सरकार नबन्न निरन्तरताको अवस्थामा देशले यो प्रदेशलाई डेटलक राख्न सक्दैनथ्यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.