|

विराटनगर : विराटनगर महानगरपालिकाले स्थानीय बजार प्रवर्द्धन गर्न सीमा क्षेत्रमा कडाई गरेसँगै यतिबेला विराटनगरको सीमावर्ती रानी भन्सार क्षेत्र सुनसान बनेको छ।
आज अर्थात साउन १ गतेदेखि सीमा क्षेत्रमा कडाई गरिएसँगै सो क्षेत्र सुनसान भएको हो।

विराटनगरको बजार सुस्ताउँदै गएपछि भारतको जोगबनीबाट नाकाबाट अवैध रुपमा भित्रिने सामग्री निरुत्साहित गर्न महानगरले यो कदम चालेको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बताए।

‘विराटनगरको बजार सुक्दै जाने अनि छिमेकी राष्ट्र भारतको जोगबनी बजार फस्टाउँदै गएकाले यहाँका उद्योगी‚ व्यवसायी तथा साना व्यापारी व्यवसायीलाई पनि राम्रो होस् भनेर यो अभियान चालेको हो‚’ कोइरालाले बताए।

त्यसो त स्वदेशी व्यापार व्यवसाय विस्तारमा मद्दत पुग्ने गरि स्थानीय सरकारको पहलले उद्योगीहरुलाई केही सकारात्मक सन्देश हुने उद्योगी व्यवसायीको अपेक्षा छ।

अवैध तथा गैरकानुनी तवरबाट नेपाल प्रवेश गर्ने वस्तुले सरकारको राजश्व र स्वदेशी बजारमा नकारात्मक प्रभाव परिरहेको अवस्थामा महानगरपालिकाको सकारात्मक पहललाई स्वागतयोग्य रहेको विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्दराज ढकालले बताए। 

यता,  साउन १ गतेदेखि नाकामा कडाई हुने थाहा नभएका नागरिकहरुले भने सास्ती बेहोर्नु परेको भन्सार कार्यालयमा कार्यरत एक कर्मचारीले बताए। 

उनले  भने, ‘थाहा पाउनेहरु आउनुभएको छैन सुनसान छ आज जोगबनी क्षेत्रमा थाहा नहुनेहरु आउनुभएको छ उहाँहरुले सास्ती पाउनुभयो।’

रानी भन्सार क्षेत्र तस्वीरमाः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.