|

काठमाडौं : हरियालीको महिना साउन सुरु भएको छ। यो महिना सुरु भएसँगै नेपालमा चाडपर्वको याम पनि पसेको छ। साउन लागेसँगै हरियो नेपाली नारीहरूले चुरापोते लागाएर आफूलाई सजाउँछन्। साउनसँगै हरियो चुरा, मेहेन्दी, हरिया वस्त्रको धेरै बिक्री हुन्छ।

साउन महिलाहरूका लागि व्रतको महिना पनि हो। यो महिनामा हिन्दुहरूका आराध्यदेव शिवजीको पूजा गरिन्छ।  यो महिनामा चुरा र पोते व्यापारीहरूले आफ्नो भाग्य चम्किएको ठान्छन्।  अहिले विभिन्न चोक तथा गल्लीमा हातमा मेहेन्दी लगाउनेको भीड लागेको छ ।

मेहेन्दी लगाइदिनेको व्यापार पनि उस्तै व्यापक हुन थालेको छ। उपत्यकाको विभिन्न चोकमा मेहेन्दी लगाउने हरियो चुरा पोते किन्नेको भीड लागेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.