|

काठमाडौं : महिला विश्वकप फुटबल अन्तरत आफ्नो पहिलो खेलमा नाइजेरिया र क्यानडाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। 

अष्ट्रेलियाको मेलवर्न स्टेडियम भएको खेलमा गोल रहित खेल खेल्दै अंक बाँडेका हुन्। समूह बीमा रहेका दुवै टोलीको एक एक अंक भएको छ। ​

आजै हुने अर्को खेलमा फिलिपिन्स र स्विजरल्याण्ड भिड्दैछन्। यी दुई बीचको खेल फोर्सिथ बार स्टेडियम न्यूजिल्यान्डमा नेपाली समय अनुसार विहान सवा ११ बजे सुरु हुनेछ। 

यसै गरी आज हुने अन्तिम खेलमा समूह सीमा रहेको स्पेन र कोस्टारिका आमने सामने हुनेछन् । यी दुईको खेल दिउँसो पौने २ बजे न्यूजिल्यान्डको विलिंग्टन रिजनल स्टेडियममा हुनेछ। 

यसअघि हिजो भएको उद्घाटन खेलमा अष्ट्रेलिया र न्युजिल्याण्डले विजयी सुरुआत गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.