|

काठमाडौं : शिल्पी कला समूहको गोठालो नाटकघरमा साउन ५ गतेदेखि कुमार नगरकोटीको नाटक ‘ट्रान्जिट’ मञ्चन भइरहेको छ।

‘टाइम ट्राभल’को काल्पनिक कथामा बनेको ट्रान्जिट शिल्पीमा मञ्चन भएको नगरकोटीको चौथो नाटक हो।

टाइम ट्राभलको काल्पनिक कथामा आधारित नाटकमा भूत र भविष्यकालको समय यात्रा गर्ने यात्रुबीच घटेका घटना देखाइएको छ । 

काल पर्यटक मायावी भ्रमण गर्दै इतिहासका विख्यात नाटक निर्देशक मानवको स्टुडियोमा पुग्छिन्। स्टुडियो रहस्यमय स्थितिमा छ। उनको भ्रमणले मानवको विगतमाथी धेरै प्रश्न उब्जिन्छ। 

मायावीले आफ्नो प्रश्नको उत्तर पाउँछिन् त? यो ट्रान्जिटमा उनले कति समय बिताउनेछन्? के उनी भूतकालमा खुशी छिन्? उनलाई यो भूत र भविष्यको ट्रान्जिटबाट कस्ले स्वतन्त्र गर्नेछ?
ट्रान्जिटले दर्शकलाई करिब डेढ घण्टा कल्पनाको यही संसारमा घुमाउँछ।

दर्शनलाई टाइम ट्राभल गराउन मञ्चमा दिव्यदेव, आकांक्षा कार्की, शिल्पा मास्के, बासना तिमिल्सिना, मिल्सन राई आदि उत्रिएका छन्। नाटकमा देव न्यौपाने, अनुप तिमिल्सिना र सामरिक पौडेलको संगीत संयोजन छ भने प्रवीन खतिवडा र झकेन्द्र बिसीले प्रकाश संयोजन गरेका छन्। 

घिमिरे युवराजले निर्देशन गरेको ट्रान्जिट आगामी भदौ २ सम्म हरेक साँझ ५:३० बजे नियमित मञ्चन हुनेछ। शनिबार भने दिउँसो १ बजे र साँझ ५ बजे मञ्चन हुने शिल्पीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.