|

काठमाडौं :  अध्यागमन विभागमा कार्यरत एक महिला शाखा अधिकृतले ब्युटिसियन पेसामाथि आँच आउने गरि झुटो आरोप लगाएको भन्दै  नेपाल ब्युटिसियन संघले प्रदर्शन गरेको छ।

मंगलबार माइतीघर मण्डलामा आफ्नो पेसालाई नै बदनाम गर्ने हेतुले राज्यको शक्तिको चरम दुरुपयोग गरी प्रचारबाजी गराउने काम भएको भन्दै ब्युटिसियनहरू प्रदर्शनमा उत्रिएका हुन्।

ब्युटिसियन संघकी केन्द्रीय अध्यक्ष सरिता गौतमले भनिन् 'ब्युटिसियन पेसाको अपमान गरि  ब्युटिसियन पेसालाई झुटो प्रचारप्रसार गरिएको छ। पदीय मर्यादा भुलेर हाम्रो पेसालाई नै बदनाम गरि राज्य शक्तिको चरम दुरुपयोग भएको छ। सम्बन्धित निकायको ध्यान जाओस् भन्ने हाम्रो मुख्य माग हो।'

प्रदर्शनकारीले ट्रेड युनियन अधिकार जिन्दावाद ,नेपाल ब्युटिसियन संघ जिन्दावाद, गृहको कर्मचारीले अनैतिक दबाब दिन मिल्दैन,सम्मानजनक पेसा व्यवसाय गर्न पाउँ, गृह जनताको हो कर्मचारीको होइन,गृह सचिवले पदीय दुरुपयोग गर्न पाउँदैन, गृहको उच्च पदाधिकारीबाट गरिएको चरम पदीय दुरुपयोग बन्द गर, पदको दुरुपयोग गरी प्रहरी परिचालन गर्न मिल्दैन जस्ता नाराहरू सहितका प्ले कार्डहरू बोकेका थिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.