|

रौतहट : लम्की स्किन रोग पछिल्लो समय रौतहटमा पनि  फैलिएको छ। 

जिल्लाको चन्द्रपुर नगरपालिकामा यो रोगले करिब २०० को हाराहारीमा पशु मरिसकेको अनुमान गरिएको छ। चन्द्रपुर नगरपालिका पशु शाखाले दिएको जानकारीअनुसार असार मसान्त सम्म १२२ वटा गाई र भैसी मरेका छन्।

रोग नियन्त्रण गर्न भन्दै चन्द्रपुर नगरपालिकाले नगरक्षेत्रभर निःशुल्क खोप कार्यक्रम सञ्चालन गरेको थालेको छ। चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले लम्पी स्किन फैलिएपछि गाई, भैँसी र गोरुलाई खोप लगाउने अभियान सञ्चालन गरेको बताए। केही वडामा खोप लगाई सकिएको र बाँकीमा कार्यक्रम सञ्चालन गरिरहेको उनले जानकारी दिए। 

रोग नियन्त्रणको लागि चन्द्रपुर नगरपालिका वडा नं. ४ ले पशु सेवा शाखाको प्रविधिक सहयोगमा गाई भैसीको लम्पी स्किन रोगविरुद्धको निःशुल्क खोप अभियान सञ्चालन गरेको छ। वडाको अधिंकाश घरघरमा गाईभैँसी पालन गरिएकाले रोगबाट बचाउनका लागि खोप अभियान सञ्चालन गरेको वडा अध्यक्ष रवि राना मगरले बताए।

गोठ गोठमै पुगेर पशु चिकित्सक एवं प्राविधिक टोलीले निःशुल्क खोप लगाउने र उपचारका विधिको कार्यको थालनी गरेको उनको भनाइ छ। पशु प्राविधिक टोलीले गोठगोठमै पुगेर रोगको जाँच, निःशुल्क खोप, निःशुल्क औषधि वितरण गरी किसानलाई लम्की स्किनबारे जानकारी गराएको उनले बताए। उनका अनुसार वडा नं. ४ मा मात्र ५ ००भन्दा बढी पशुमा खोप लगाउने योजना छ।

चन्द्रपुर नगरपालिकाका पशु शाखाका पशु चिकित्सक डा. सुलव चौधरीसहितको चार टोली बनाएर पशुमा खोप लगाइएको उनले जानकारी दिए।  खोप पर्याप्त रहेकाले समयमा नै लगाउन वडाध्यक्ष मगरले वडावासीलाई आग्रह गरे।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.