|

काठमाडौं : नयाँ बानेश्वर हुँदैं कोटेश्वरसम्म सडकको थप व्यवस्थापन गर्न १० वर्षअघि रोपिएर अहिले हलक्क हुर्किएका हरिया बिरुवाहरु उखेलिएको छ। नयाँ बानेश्वर क्षेत्रलाई निकै हरियाली बनाएका ती बिरुवा सडकको बीचबाट उखेलिँदा अहिले नयाँ बानेश्वर चोक उजाड जस्तो देखिएको छ।

जापानी दातृ निकाय जाइकाले सडक विस्तारका लागि हुर्किइसकेका ती बिरुवा उखेलेको हो। 

तीनकुने-माइतीघर सडकखण्डमा ‘राइट टर्निङ’ लेन नभएकाले ट्राफिक व्यवस्थापनमा समस्या आउने गरेको छ। नयाँ बानेश्वर चोकबाट माइतीघर–तीनकुनेतर्फ र पुरानो बानेश्वर–शंखमूलतर्फ आवतजावत गर्ने सवारीसाधनलाई ‘राइट टर्निङ लेन’ बनाउनका लागि ती बिरुवा सडकबाट उखेलिएको हो। 

ट्राफिक जामको समस्या समाधान र छरितो व्यवस्थापनका लागि त्यस सडकमा रहेका बिरुवाहरु उखेलिइरहेको छ।  

काठमाडौं महानगरका नगर प्रहरी इन्स्पेक्टर किशोरकुमार भट्टराईले त्यहाँ सडक संरचना सुधार गर्न र आवश्यक संरचना थप्न बिरुवा उखेलिएको जानकारी दिए।

उनले भने, ‘सडक संरचना निर्माण गर्न बिरुवा उखेलिएको छ, बनाइसकेपछि फेरि त्यही ठाउँमा बिरुवा रोपिन्छ।’

महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार उक्त ठाउँमा जापानी दातृ निकाय जाइकाले सडक सुधार गर्न लागेको हो। एकाएक बिरुवा उखेलिएपछि किन र कसले उखेलेको भन्दै चौतर्फी जिज्ञासा बढेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.