|

काठमाडौं : नेपाल रेडक्रस सोसाइटीले प्रा सुदर्शन नेपालको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ। आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा सोसाइटीका पदाधिकारी निर्विरोध तथा २६ सदस्य पदमा चुनाव र मनोनीत दुवै प्रक्रिया अपनाइएको प्रमुख कार्यकारी अधिकृत उमेश ढकालले जानकारी दिए।

सोसाइटीको उपाध्यक्षद्वयमा राधा नेपाली र सुरेन्द्रसिंह ऐर, महामन्त्री भूपतिलाल श्रेष्ठ, कोषाध्यक्ष वीरबहादुर बस्नेत, उपमहामन्त्री मनोजकुमार थापा र सहकोषाध्यक्ष डोलराज पाण्डे कार्यसमितिमा छन्।

गत आर्थिक वर्षमा संस्थाको करिब २ अर्ब ४३ करोड रुपैयाँ बजेट रहेकामा करिब १ अर्ब ७६ करोड रुपैयाँ मानवीय सेवामा खर्च गरिएको उनले बताए।

संस्थाको जिम्मेवारी देशभर बाढी पहिरो, आकस्मिक घटनामा प्रभावितलाई सहयोग गर्नु हो। संस्थाले विपत् व्यवस्थापन, खानेपानी आयोजनामा चालु आर्थिक वर्षमा करिब डेढ अर्बको कार्ययोजना छ।

नवनिर्वाचित अध्यक्ष नेपालले हालै सम्पन्न निर्वाचनले संस्थाको नेतृत्व चयनमा लामो समयदेखि रहेको विवाद र अन्योलको अन्त्य गरेको बताउँदै आगामी दिनमा मानवीय सेवामा संस्थालाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे।

रेडक्रसको केन्द्रीय रक्तसञ्चार सेवाले शुक्रबार ५८औँ रक्तसञ्चार दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्न लागेको जानकारी दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.