|

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार तस्करतन्त्र र दलाल नोकरशाही पुँजीवादको संरक्षणमा लागेको बताएका छन्। 

सामाजिक सञ्जालमा लेख्दै उनले स्वाभाविक रूपमा राजश्व कम उठ्नुमा सरकारले वैधानिक अर्थतन्त्रलाई कमजोर बनाउँदै गएको बताएका हुन्।  महासचिव पोखरेलले सरकारले नियोजित रूपमा तस्करतन्त्र र दलाल नोकरशाही पुँजीवादको संरक्षण गरिरहेको उल्लेख गरेका छन्।

‘यतिबेला स्वाभाविक रूपमा राजश्व कम उठ्नुको कारण सरकारले वैधानिक अर्थतन्त्रलाई कमजोर बनाउँदै नियोजित रूपमा तस्करतन्त्र र दलाल नोकरशाही पुँजीवादलाई संरक्षण गर्नुको परिणाम हो।’ उनले लेखेका छन्, ‘सरकारको गलत आर्थिक नीति र राजश्व प्रशासनमा गरिएको दुरुपयोगका कारणले राजश्वमा कमी आउँदा पुँजीगत खर्च कम हुन गै समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्न गएको छ र मुलुक आर्थिक मन्दीको चपेटामा प्रवेश गरेको छ। तर सरकार अर्थतन्त्रलाई कमजोर बनाउने कुकर्मलाई सुधार्ने पक्षमा अझै गम्भीर देखिएको छैन।’ 

महासचिव पोखरेलले अर्थतन्त्र सुधार गर्न सबै सरोकार पक्षको ध्यान जानु पर्नेमा जोड दिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.