|

काभ्रे : अविरल वर्षाका कारण आएको पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये एकजना जीवितै भेटिएका छन्।

खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङका अनुसार बेपत्ता सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-१ का १९ वर्षीय पासाङ घिसिङलाई करिब १४ घण्टापछि जीवितै उद्धार गरिएको हो। घिसिङ घटनास्थलदेखि लगभग ४ किलोमिटर तल सिन्धुली र मकवानपुरको सीमाक्षेत्रमा घाइते अवस्था भेटिएका हुन्।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवाले घाइते सिन्धुलीपट्टिको बागमतीको किनारमा भेटिएकाले उनलाई त्यस क्षेत्रमा खोजीमा खटिएका स्थानीयले उद्धार गरी गाउँपालिकाको केन्द्रस्थित स्वास्थ्य केन्द्रमा उपचारका लागि लागिएको जानकारी दिए।

अकलबहादुरसहित ५ जना भने अझ बेपत्ता छन्। उनीहरूको खोजी जारी छ। त्यस्तै खानीखोलाको विभिन्न क्षेत्रमा बाढी र पहिरोले ठूलो जनधनको क्षति गरेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.