|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पक्राउ परेका नेपाली कांग्रेसका सांसदको पक्षमा उभिएको छ। एमाले सांसद ज्वाला कुमारी साहले नक्कली शैक्षिक प्रमाणपत्रको विषयमा कांग्रेस सांसद सुनिल शर्मालाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएकी हुन्। 

‘पटक-पटक उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्ने सांसदलाई आज कुन हिसाबबाट समातिएको छ? कानुनले पनि मिल्दैन। उहिले नै म्याद सकिएको प्रमाणपत्रलाई अहिले बखेडा झिकेर समातिएको छ, यसको घोर आपत्ति गर्न चाहन्छु,’ उनले भनिन्।

सांसद साहले जनमुखी शासन र दिगो शान्तिका नाममा देशलाई ठूलो दुर्घटनामा लगेको बताइन्। देशभर बाढी पहिरोले बितण्डा मच्चाइरहेकोमा सरकारले बेवास्ता गरेको बताएकी छन्।

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा सांसद सर्मालाई प्रहरीले बिहीबार उनकै निवास गोल्फुटारबाट नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.