कर्णालीलाई दु:ख दिने काम भयो : मुख्यमन्त्री शर्मा

|

सुर्खेत : सुर्खेत तथा नेपालगन्जबाट कर्णालीका हिमाली जिल्लामा हुने हवाई उडान ठप्प भएको छ। मौसम खराबीका कारण लामो समयदेखि हवाई सेवा अवरुद्ध हुन पुगेको हो।

बिहानै मौसम नखुल्ने तर दिउँसो १२ बजेपछि उडान गर्न नपाउने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले १३ साउनबाट गरिएको निर्णयले कर्णालीमा हवाई सेवा प्रभावित भएको छ।

हवाई सेवा प्रभावित भएपछि हिमाली जिल्लाबाट उपचार तथा अन्य समस्यले नेपालगन्ज तथा सुर्खेत झर्ने यात्रुहरु मर्कामा परेका छन्। नेपालगञ्जबाट दैनिक उडान हुने डोल्पाको जुफाल विमानस्थल, हुम्लाको सिमकोट, मुगुको ताल्चा र बाजुरामा उडान बन्द भएको हो।

त्यस्तै, कालीकोट र डोल्पाको मसिनेचौरमा निर्माण भएको विमानस्थलमा अहिले सम्म जहाजको उडान नै हुन सकेको छैन। वर्षायाममा सडक अवरुद्ध भएको र बिरामी लिनका लागि सबैभन्दा भारी समस्य भएको सर्बसाधारणले बताएका छन्।

मुगुको सोरु गाउँपालिका –८ पानमती रावल सात महिनाको गर्भ छ। तर, उनलाई उपचारका लागि नेपालगञ्ज पुग्न निकै सकस परेको छ। उनी नेपालगञ्ज जानका लागि जहाजको पर्खाइमा बस्दाबस्दै ८ दिन रारा विमानस्थलमा बितेको छ। त्यस्तै सोरु– ८ कै सनिता शाहीले जहाजका लागि विमानस्थलमा जहाज कुर्दा कुर्दा ९ दिन बित्तेको बताइन। उनले बाबालाई उपचारका लागि काठमाडौँ लिनुपर्ने समस्य छ तर जहाज नआउदा बाबाको उपचारमा लिन नपाएर दैनिक स्वास्थ्य समस्य थपिँदै गएको उनले बताइन्। 

कर्णालीका जिल्लामा अझै पनि भरपर्दो सडक छैन। कर्णालीका नागरिकको लाइफलाइन हवाईमार्ग भएकाले यो निर्णय सच्चाइनुपर्ने डोल्पाका ठुलिभेरी स्थित जुफालका बालकृष्ण डाँगीले भनाइ छ।

जुफाल विमानस्थलमा दैनिक जहाजको पखाईमा ५० भन्दा बढी यात्रुहरु आउने गरेपनि जहाज नआउदा समस्य हुँदै गएको डाँगीले बताए।

प्रविधिको प्रयोग लाइफ क्यामरा, मेटोलोजी यन्त्रलगायत प्रविधिको विकासमामा ध्यान नदिई वर्षातको कारण देखाउँदै हवाई उडान बन्द गर्नु नेपाल नागरिक उड्डयन प्राधिकरणको गैरजिम्मेवार भएको पर्यटन व्यवसायीहरुको आरोप छ। हुम्लामा यातायात सेवा अझैँ जोडिएको छैन।

डोल्पामा भेरी नदीमा पुलहरु निर्माण नभएका कारण सहज रुपमा यात्रा असम्भव जस्तै छ। ठुलिभेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेब लम्सालले ६ दिन नेपालगन्ज विमानस्थल जहाज कुरेर अन्तिममा भेरी करिडोर हुँदै डोल्पा पुग्नु परेको उनले बताए। नेपालगन्जबाट डोल्पा पुग्दा भारी मात्रामा दुख भएको उनको भनाई छ।

उपल्लो डोल्पा स्थित डोल्पोबुद्ध–३ याङकी गुरुङले ७ दिन जुफाल विमानस्थलमा कुर्दा पनि जहाज नआउदा आमाको उपचार गर्न नपाएको गुनासो गरिन। स्थलमार्ग हुँदै नेपालगन्ज जाँदा ३ दिन लागेको र दुख धेरै पाएको उनले बताइन।

दुर्गम जिल्लामा बिहान मौसम नखुल्ने र मौसम खुल्ने समयमा विमान सञ्चालन नहुने भएकाले यहाँका रारा ,जुफाल र ताल्चा विमानस्थलका लागि यो निर्णय उपयुक्त नभएको रारा विमानस्थलका प्रमुख रोमन भट्टराईले बताए। उनका अनुसार बिहान हुस्सु लाग्ने र ११ बजे मौसम खुल्ने भएकाले यहाँ हवाई उडान भर्न समस्या भएको छ। जसका कारण प्रत्यक्ष नागरिक मर्कामा परेका छन्।

उत्ता कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले सरकारले जनताको हितभन्दा प्रतिकूल हुने नीतिगत व्यवस्थाहरूलाई सुधार गर्दै जानुपर्छ। दुर्घटना भनेको समय हेरेर हुने कुरा होइन।

जुनसुकै बेला दुर्घटना वा घटना हुन सक्छन्। सरकारले जनताको जीउ धनको सुरक्षा गर्नै पर्छ। १२ बजेपछि दुर्गममा हवाई सेवा उडाउन नपाउने कसरी भयो रु प्राधिकरणले हामीसँग छलफल नगरेको बताए।

यो निर्णय हुँदा कम्तीमा हामीसँग पनि छलफल गर्नुपथ्र्यो। यो प्राविधिक कुरामा मैले पनि सम्बन्धित निकायसँग छलफल गर्नुपर्छ। समय मिलाएर छलफल गर्छु नै। हेलिकप्टर मौसम हेरेर उड्ने होला। समय हेरेर उड्ने कुरा त पक्कै मिल्दैन होला मुख्यमन्त्री शर्माले भने।

 'अहिलेसम्म १२ बजेपछि पनि उडान भएकै थिए। कर्णालीमा हालसम्म त्यति ठूलो दुर्घटना भएको पनि छैन। यी धेरै कुरा मैले बुझ्न पाएको छैन। मिडियामा आएको कुरा हेरेको छु, सुनेको छु। सम्बन्धित निकायसँग गम्भीर ढंगले यस विषयमा छलफल चलाउँछु। यो नियमले त कर्णालीवासीको जिउधनको सुरक्षा गर्नेभन्दा पनि थप जटिलता थप्ने जस्तो भएको छ। यसलाई समन्वय गरी उपयुक्त निर्णयमा पुग्नुपर्छ' मुख्यमन्त्री शर्माले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.