|

काठमाडौं : मुगुस्थित सोरु गाउँपालिका–७ चिप्लेगाडामा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। 

सोरु गापा–७  का वडासदस्य लोकजङ्ग नेपालीको उपचारको क्रममा मृत्यु भएको हो। 

मुगुका प्रहरी नायब उपरीक्षक महेश बस्नेतका यसअघि हुम्ला जिल्ला सर्केगाड–२ रिपगाउँका एकै नाम थारका दुईजना राम परियार, सोही ठेगानाका प्रकाश बोहोरा र पिउस परियारको मृत्यु भएको थियो।

सोरु गापा–७ सिप गाउँका चालक दिनेश लावड र सोरु–५ का गोविन्दा शाही गम्भीर घाइते छन्। त्यस्तै, सोरु–६ कै सेरे रोकाया र हुम्ला सिमीकोट–२ का उदीप बोहोरा पनि घाइते भएका छन्।

सोरु गाउँपालिकाबाट सदरमुकाम गमगढीतर्फ आउँदै गरेको ग१ज ७७६२ नम्बरको बोलेरो जिप सोमबार अपराह्न ४ बजे ​सोरु गाउँपालिका–७ चिप्लेगाडामा दुर्घटना भएको थियो। जिप सडकबाट २०० मिटर तल खसेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.