|

संखुवासभा : कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा मुछिएका कारागार इन्चार्ज सहितका प्रहरी र कैदीमाथि अनुसन्धान सुरु गरिएको छ।

कैदी मृत्यु प्रकरणमा मुछिएका कारागार सुरक्षा इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरी र कैदीसँग अनुसन्धान सुरु गरिएको हो।

कैदी मृत्यु प्रकरणमा मुछिएका कारागार सुरक्षा इन्चार्ज (असई) चौधरी सहित १० प्रहरी र कैदीमाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी वीरेन्द्र गोदारले बताए।

कैदी मृत्यु प्रकरणमा मुछिएका कारागार सुरक्षा इन्चार्ज (असई) चौधरीलाई आइतबार पक्राउ गरिएको हो। आइतबार पक्राउ परेका चौधरीलाई ५ दिन म्याद थप र कारागारका निमित्त प्रमुख राजेन्द्र घिमिरेविरुद्ध जिल्ला अदालत संखुवासभाले पक्राउ अनुमति जारी थियो।

कुटपिटबाट सङ्खुवासभा मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो।

प्रहरीले कारागारका निमित्त प्रमुख घिमिरेलाई भने पक्राउ गरिसकेको छैन। घटनामा अन्य व्यक्तिको पनि संलग्नताबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

चौकीदारसहित नौ कैदीमाथि अनुसन्धान 
कैदीको मृत्यु भएको अनुसन्धानका लागि प्रहरीले कारागारका चौकीदार रामकुमार कार्कीसहित नौजना कैदीलाई हिरासतमा राखेको थियो। उक्त घटनामा संलग्न भएको आरोप लागेको चौकीदार रामकुमार कार्कीसहित नौजना कैदीमाथि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक गोदारले बताए।

उनीहरूलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो। प्रहरीले कैदी कुमार श्रेष्ठ, अनिश शर्मा, सुमन सारू, टीकाराम भनिने टीकाराज चौहान, सचिन राई, राम गुरुङ, नवीनकुमार राई र योगेन्द्रबहादुर गुरुङलाई कारागारबाट निकालेर हिरासतमा राखेको थियो।

घटनामा चौकीदारसहितका कैदी संलग्न देखिएको जिप्रकाले जनाएको छ। २५ जना क्षमताको संखुवासभा कारागारमा आठ महिलासहित १३६ जना कैदी रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.