|

संयुक्त राष्ट्र संघले उत्तर कोरियामा गम्भीर मानवअधिकार उल्लंघन भइरहेको बताएको छ। 

संयुक्त राष्ट्र मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले उत्तर कोरियाले सैन्य शक्ति बढाउने नाममा देशमा मानव अधिकारको गम्भीर तथा व्यापक र दीर्घकालीन हनन् गरिरहेको बताएका हुन्। 

संयुक्त राष्ट्र सुरक्षा परिषदको बैठकमा सम्बोधन गर्दै उनले मानव अधिकार हननको लामो सूची पेश गर्दै मानव अधिकारको रक्षा र भोकमरीलाई अलग राखेर कोरिया प्रायद्वीपमा शान्ति स्थापनाका पहल हुन नसक्ने बताए। मानव अधिकार विज्ञ एलिजाबेथ स्यालमोनले पनि उत्तर कोरियाली नागरिक भोकमरीको चपेटामा रहेको र आधारभूत अधिकारबाट वञ्चित भएको दोहोर्‍याए। 

संयुक्त राष्ट्र मानव अधिकार आयोगले उत्तर कोरियाली नागरिकका लागि आवश्यक अत्यावश्यकीय मानवीय सहायताका लागि गरिएका पहलसमेत असफल भएको जनाएको छ। धेरै देश सहयोगका लागि इच्छुक नभएको उक्त एजेन्सीको भनाइ छ।

साथै उत्तर कोरियाले गरेको सीमाको कडाइका कारण राष्ट्र संघीय प्रतिनिधिसमेत प्रवेश नपाउँदा मानव अधिकार उल्लंघन थप बढेको र भोकमरीको चपेटामा बढ्नेको संख्यासमेत बढ्दै गएको राष्ट्र संघको ठहर छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.