|

 जुम्ला : जुम्लाको सिंजामा ऐतिहासिक केदारनाथ मेलाको तयारी हुँदै छ। सिंजा गाउँपालिका वडा नम्बर ४ मा अवस्थित ऐतिहासिक केदारनाथमा हुने महोत्सवको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गर्ने छन्।

गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार हरेक वर्ष भदौ १० गतेका दिन लाग्ने उक्त मेलालाई यस वर्ष प्रचारप्रसारको हिसाबले पनि आयोजना गरिएको छ। उनले भने, ‘महोत्सव सफल पार्न पवित्र स्थल केदारनाथ बुदबुदीमा सिंजा गाउँ कार्यपालिकाको बैठक सम्पन्न भई तयारी भईरहेको छ।’

ऐतिहासिक तर लुकेको सो धार्मिक क्षेत्रको थप प्रचारप्रसार गर्न तथा राज्यको ध्यानाकर्षण गर्न गाउँपालिकाले बृहत महोत्सव गर्न लागेको हो। महोत्सव स्थलमा मन्त्री किरातीसहित भूमि व्यवस्था‚ कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्मा, जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरु, राजनीतिक दलका पदाधिकारीहरु, जनप्रतिनिधिहरु, धार्मिक अगुवाहरु, तीर्थालुहरु, संचारमाध्यमको सहभागिता हुनेछ।

एकादशीका दिन त्यहाँ बृहत धार्मिक मेला लाग्ने, अन्य सानातिना मष्टाको थानको भारा सफा गर्ने, शुद्ध बनाउने, त्यहाँ नुहाएर अन्य गाउँका आ–आफ्ना थानमा जल लिएर जाने धार्मिक प्रचलन छ।

कर्णाली मष्टाको मुहानसमेत भएकाले केदारनाथ बुदबुदीजस्तै मष्टाका सयौं धार्मिक मेला एकादशीबाट शुरु हुने भएका धार्मिक अगुवा देवीप्रसाद सिम्खडाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.