|

काठमाडौं : नेपाली कांग्रेसका नेता डा.राजाराम कार्कीको निधन भएको छ। कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं बागमती प्रदेशका पूर्व प्रदेश सभा सदस्य कार्कीको ६६ वर्षको उमेरमा बुधबार साँझ ५ बजे निधन भएको हो।

लामो समयदेखि क्यान्सर रोगबाट पीडित कार्कीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको उनका छोरा डा.अमितसिंह कार्कीले जानकारी दिए।

स्वर्गीय कार्कीका दुई श्रीमती, चार छोरा र एक छोरी छन्।

स्वर्गीय कार्कीको पार्थिव शरीर बिहीबार भदौ ७ गते बिहान ९ बजेदेखि ११ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलिका लागि राखिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.