|

जुम्ला : बुधवार वर्षासँगै आएको बाढीका कारण देविमहादेव माध्यमिक विद्यालयको पठनपाठन प्रभावित भएको छ। तिला गाउँपालिका–६ रुखेडास्थित देविमहादेव माविमा ६–११ कक्षासम्मका अध्ययनरत विद्यार्थीहरूको पढाइ प्रभावित भएको हो।

बाढीले क्षति गरेपछि विद्यालयमा दुई दिनदेखि बन्द छ। यो विद्यालय हालै नयाँ शैक्षिक सत्र वैशाखदेखि सञ्चालनमा ल्याएको हो। खोलाको किनारमा विद्यालयमा स्थापना गरी सञ्चालनमा ल्याएकाले बाढीपहिरोको जोखिम रहेको क्षेत्र मानिएको छ।

त्यो क्षेत्र कुनै न कुनै वेला यो विद्यालयमा बाढीले क्षति गर्ने नागरिकले आँकलन गरेका थिए। बुधबार आएको बाढीले विद्यालयमा क्षति बनायो।

त्यस्तै प्रधानाध्यापक झुपे रावतका अनुसार बुधबार आएको बाढीले विद्यालयको चारकोठे भवनमा क्षति पुगेको छ। उनले भने, ‘त्यो भवनमा विज्ञानको ल्याब, कम्प्यूटर कक्षा र स्कूलको कार्यालय रहेको थियो। भवनभित्रै बाढी पसेपछि बगाएर लिनुका साथै भिजेका छन्। भवन पनि भत्किएको छ।’

ढिपु, सुडी र रिपीमा विद्यार्थीलाई पायक पर्ने गरी रुखेडामा ६–१२ कक्षाको विद्यालय सञ्चालन गरिएको हो। तीन गाउँका कक्षा १० सम्मका २२० जना र कक्षा ११ का ५० जना विद्यार्थी छन्। प्रधानाध्यापक रावतका अनुसार बाढीले विद्यालयका भौतिक संरचना क्षति गर्नुका साथै रिपी र सुडीदेखि विद्यालयसम्म आवतजावत गर्ने दुईवटा काठेपुल पनि बगेर गए। विद्यालयमा जान सकिने अवस्था छैन।

बाढीले के कति क्षति गर्‍यो। त्यहाँ पुग्न सकिएको छैन प्रधानाध्यापक रावतले भने क्षतिको यकिन गर्न गाउँपालिका मुकाम रारालिहीस्थित प्रहरी चौकीलाई खबर गरिएको छ। भोलि शुक्रबार मात्रै घटना पुग्ने खबर प्राप्त भएको छ।

तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाका अनुसार अहिले तत्काल त्यही स्कूलमा पठनपाठन गर्न सक्ने अवस्था छैन।

विद्यालय भरी बाढीले ढुंगा गिट्टी, बालुवा झारपात थुपारेको छ। विद्यालय जाने काठेपुल पनि बगिसकेको छैन। उनले भने, ‘२, ४ दिनमा खोलामा पानी घटेपछि विद्यालयमा जान सकिने सम्भावना छ। वर्षा भइरह्यो भने जान सकिने अवस्था हुँदैन।’

खोलामा पानी नघटेको खण्डमा त्यसका लागि केही वैकल्पिक उपाय गरेर पठनपाठन सुचारु गर्ने योजना छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.