|
फाइल तस्वीर

काठमाडौं : भारतीय फास्ट बलर मोहम्मद शिराज आईसीसी एकदिवसीय क्रिकेटको शीर्ष स्थानमा उक्लिएका छन्।

आईसीसीले जारी गरेको पछिल्लो वरीयताअनुसार शिराजले ८ स्थान फड्को मार्दै बलरतर्फ वरीयताको शीर्ष स्थान कब्जा गरेका हुन्।

एशिया कपको फाइनलमा श्रीलंकाविरुद्ध गरेको प्रदर्शनबाट शिराज एकदिवसीय क्रिकेटको एक नम्बर बलर बनेका हुन्। एशिया कप २०२३ को फाइनल खेलमा भारतीय टोलीको जितमा महत्वपूर्ण भूमिका खेलेका तीव्र गतिका बलर शिराजले आईसीसी एकदिवसीय बलर वरीयतामा ८ स्थान सुधार गर्न सफल भएका हुन्।

एशिया कप शुरु हुनुअघि सिराज ६४३ रेटिङका साथ एकदिवसीय वरीयतामा ९ नम्बरमा थिए। नयाँ वरीयताअनुसार ६९४ रेटिङसहित उनी पहिलो स्थानमा उक्लिएका हुन्।

ब्याटरतर्फ पाकिस्तानका कप्तान बाबर आजम शीर्ष स्थानमा छन भने अलराउण्डरतर्फ बंगलादेशका शकिब अल-हसन शीर्ष स्थानमा रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.