|

काठमाडौं : भाद्र शुक्ल अष्टमी, शनिबार कागे अष्टमी पर्व मनाइँदै छ।

कागेश्वरी–मनोहरा नगरपालिका १ मा पर्ने कागेश्वरीको मन्दिरमा घुइँचो लागेको छ। कागेश्वरीमा पूजा आराधना गरेमा कागको स्पर्शलगायत दोषबाट मुक्त हुने विश्वास छ। यसैले वर्ष दिनसम्म कागले स्पर्श गरेका वा अन्य काग दोष लागेका मानिसले आज कागेश्वरीको दर्शन गर्नैपर्ने मान्यता छ।

कागे अष्टमीका अवसरमा कागेश्वरी महादेव मन्दिर जान नसक्ने भक्तजनले हनुमानढोका र पशुपति क्षेत्रमा रहेको कागेश्वरी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्ने गरेका छन् । देशका अन्य स्थानमा रहेको कागेश्वरी मन्दिरमा पनि आज पूजा, आराधना गर्न भक्तजन पुग्छन्।

श्रावण शुक्ल पूर्णिमा र गंगा दशहरा पर्वका अवसरमा रसुवाको प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्डमा पुगेका भक्तजनले त्यहाँबाट ल्याएको जल आज कागेश्वरीमा चढाउनुपर्छ भन्ने मान्यता छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.