|

भोजपुर : कर्तव्य ज्यान मुद्दामा ३४ वर्षदेखि फरार रहेका एक व्यक्ति पक्राउ परेका छन्। भोजपुरको साल्पासिलिछो गाउँपालिका ५ का ६७ वर्षीय चक्रबहादुर राईलाई प्रहरीले नियन्त्रण लिएको हो। 

२०४६ साल कात्तिकमा स्थानीय बद्रीकुमार राईको हत्या अभियोगमा जिल्ला अदालतले सर्वस्वसहित जन्म कैदको फैसला गरेको थियो। फैसला भएको मुद्दा कार्यान्वयन गराउनको लागि प्रहरी हवल्दार चितरंजन मेहताको टोलीले अभियुक्तलाई सुनसरीमा लुकीछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले आज पत्रकारसम्मलेनमार्फत जानकारी दिएको हो।

फरार प्रतिवादी राईले स्थानीय बुद्धिकुमारको घरेलु हतियार खुकुरी प्रयोग गरी दुवै हात छिनाएर गम्भीर घाइते बनाएका थिए।  बुद्धिबहादुरको उपचारको क्रममा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.