|

काठमाडौं : काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा मंगलवारबाट शुरु भएको छ।

काठमाडौं महानगरपालिकाले सोमवार वसन्तपुरमा पत्रकार भेटघाट कार्यक्रम गरी उक्त पर्वको शुभारम्भ हुने औपचारिक जानकारी गराएको थियो। जात्राका लागि इन्द्रजात्रा व्यवस्थापन समितिसँगको सहकार्यमा साामाजिक, सांस्कृतिक र धार्मिक क्रियाकलाप सञ्चालन भइरहेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।

उनले भने, ‘काठमाडौँ महानगरपालिका र उपत्यकाको चिनारीसँग जोडिएको इन्द्रजात्रा मंगलवारबाट शुरु भएको छ। जात्राअन्तर्गत वन प्रस्थान, लिंगो नगर प्रवेशलगायतका कर्म सम्पन्न भएका छन्। जात्रा सञ्चालन तथा व्यवस्थापनका लागि इन्द्रजात्रा व्यवस्थापन समितिसँगको सहकार्यमा महानगरले सांस्कृतिक, सामाजिक तथा धार्मिक क्रियाकलाप सञ्चालन, प्रवर्धन गरिरहेको छ। शान्ति सुरक्षा, सरसफाइ, सम्पदाहरूको मर्मत सम्भार, रंगरोगन, रथयात्राको रुटमा पर्ने सडक मर्मत लगायतका काम गरिएको छ।’

जात्रामा सहभागी हुन २० जना विदेशी पाहुना आउनेछन्। इन्द्रजात्रामा राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपतिले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको दर्शन गर्ने परम्परा छ। नेवारी समुदायले यो पर्वमा वर्षा र सहकालका देवताको रूपमा इन्द्रको पूजाआराधना गर्दछन्। ८ दिनसम्म विभिन्न नाचगान र रथयात्रा गरी यो पर्व मनाइन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.