|

काठमाडौं :  काठमाडौं मेडिकल कलेजमा सिनामंगलमा इन्टर्न चिकित्सकमाथि हिजो भएको कुटपिटको विरोधमा सम्पूर्ण स्वास्थ्यकर्मी तथा चिकित्सकहरू आन्दोलित भएका छन्।

आइतबार दिउँसो करिब १२ बजेतिर इन्टर्न डाक्टर मनीष खड्कामाथि आक्रमण भएको भन्दै हाल केएमसीमा अध्ययनरत चिकित्सकहरूले आज पनि अस्पताल अगाडि धर्ना दिएर अवरोध गरेका हुन्। उनीहरूले चिकित्सकमाथि हातपात गर्नेलाई हदैसम्मको कारबाही हुनुपर्ने र चिकित्सकको पेसागत ग्यारेन्टी र सुरक्षा हुनुपर्ने माग राखेका छन्।

स्वास्थ्यकर्मीहरू डाक्टरमाथि हातपातको विरोधमा सडकमा निस्किएपछि केएमसी क्षेत्रको सडक अवरुद्ध बनेको छ।

पछिल्लो समय चिकित्सकमाथिको हातपातका घटनाहरू निरन्तर बढ्दै गएका छन्।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.