'कोशीमा मध्यावधि हैन मिलेर अघि बढ्नुपर्छ'

|
file photo

विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई बोल्नै नसक्ने तथा बेथिति र विकृति नदेख्‍ने अवस्थामा पुगिसकेको आरोप लगाएका छन्।

मंगलबार विराटनगर विमानस्थलमा संचारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

‘देशमा कांग्रेस कहाँ छ?  घोच्दा दुख्छ दुख्दैन भनेर कांग्रेसका नेताहरूलाई सोध्नु ऊ विचरा कांग्रेसका नेताहरू।  राजनीतिक  गर्ने पाटीले बोल्नुपर्थ्यो। तर ऊ बोल्दैन,  बोल्ने हविगत पनि छैन’ उनले थपे, ‘अब काँग्रेस बोल्न सक्दैन’  देशमा भ्रष्टचार बढ्दासमेत कांग्रेस नबोलेको भन्दै उनले आक्रोश व्यक्त गरे।

अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड)को चीन भ्रमण उपलब्धिमूलक नभएको समेत दाबी गरे।  ‘उहाँ सन्चै जानुभयो सन्चै आउनु भयो अरू प्रगति केही भएको छैन’ ओलीले भने।

महाकालेश्वरदेखि मानसरोवर सम्मको धार्मीक यात्रालाई उनले पाप पखाल्न गएको आरोप लगाएका छन्। ‘तपाईंहरू घरमा पूजा लगाउनु हुन्छ नि,’ ओलीले भने ‘कसले कत्रो पाप गरेको छ उसले उत्रै पूजा लगाउँछ। उहाँको यात्रा पनि त्यस्तै हो।’

जेठ १७ देखि भएको भारत भ्रमणका क्रममा प्रचण्डले मध्यप्रदेशस्थित उज्जैनमा महाकालेश्वर मन्दिरमा पूजा गरेका थिए। चीन भ्रमणमा गएका प्रचण्डले  कैलाश मानसरोवर गएका थिए।

फरक प्रसङ्गमा ओलीले साम्प्रदायिक विद्वेष फैलाउने काम भइरहेको बताए। ‘कसैले नउकासी यस्ता धार्मिक तथा साम्प्रदायिक विद्वेयष फैलाउन काम हुँदैन,’ उनले भने ‘यो देश र जनताका लागि राम्रो होइन हितकर होइन। आना अभिष्टहरु पूरा गर्नका लागि यस्ता गतिविधि गरिएको छ।’

 उनले कोशी प्रदेश सरकारको प्रसंगमा  मिलेर अगाडि बढ्न दललाई उनले आग्रह गरेका छन्। अहिले मध्यावधितर्फ जानु उचित नभएको उनको भनाइ थियो।

मध्यावधि गए अरूदलको सिट घट्ने बताउदै उनले आफूहरुले ४० सिट जितेकोमा मध्यावधिमा गए  १५ सिट बढाउने दाबी गरे। एमाले मध्यावधिमा जान डराउँदैन। तर अहिले राज्यको खर्च हुने भएकाले जानु उचित हुँदैन’ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.