|

काठमाडौं : बाँकेको नेपालगञ्जमा मंगलबारदेखि जारी कर्फ्यू खुकुलो पारिने भएको छ।

जिल्ला सुरक्षा समितिको बैठकले बिहीबार बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म कर्फ्यू खुला गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए। बेलुकी ८ देखि शुक्रबार बिहान ६ बजेसम्म पुन: कर्फ्यू लाग्नेछ। 

बिहीबारका लागि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र कुनै पनि किसिमका सभा बैठक वा प्रदर्शन गर्न, पोष्टर–पम्प्लेट टाँस्न र हुलदंगा वा अशान्ति मच्चाउने उद्देश्यले एकै ठाउँमा पाँचजनाभन्दा बढी जम्मा हुन नपाउनेगरी निषेधाज्ञा जारी गरिएको छ।

जिल्ला सुरक्षा समितिको बैठक अहिले पनि जारी छ । बिहीबारको अवस्थालाई हेरेर शुक्रबारका लागि निर्णय गर्ने केसीले बताए। मंगलबार हिन्दु र मुस्लिम समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले नेपालगञ्जमा कर्फ्यू लगाएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.