|

काठमाडौं : स्थानीय तहका कर्मचारीहरूले जारी शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेपको प्रयास गरेको छ।  विभिन्न माग राखी सुरु गरेको आन्दोलन आज पनि जारी राख्‍ने क्रममा आन्दोलनकारीहरूलाई प्रहरीले माइतीघरमै रोक्ने प्रयास गर्दा केहीबेर धकेलाधकेलसमेत हुन पुगेको थियो।

अन्तमा प्रदर्शनकारीहरूले प्रहरीको घेरा तोडेर बानेश्वरतर्फको सडकतर्फ अघि बढे। सम्भावित झडपको अवस्थालाई मध्यनजर गर्दै ठूलो संख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएको छ।

प्रदर्शनका कारण बानेश्वर माइतीघर रुट भएर गुड्ने सवारीसाधनहरू प्रभावित भएका छन्।

स्थानीय तहका कर्मचारीहरूल सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तरस्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायतका माग राखी उनीहरू आन्दोलन गरिरहेका छन्।

स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समिति बनाएर आन्दोलनमा उत्रिएका उनीहरूले सङ्घीय निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई विभेद गरिएको आरोप लगाएका छन्।

स्थानीय तहका कर्मचारीलाई निजामतिको परिभाषाभित्र समेट्नुपर्ने, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूलाई कुनै पनि सेवामा प्रवेश गर्दा उमेर हद नलगाउनुपर्ने, अन्तरप्रदेश सरुवाको व्यवस्था ऐनमै राखिनुपर्ने लगायतका माग छन्।

केही तस्बीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.