|

धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनको लागी उम्मेदवारी दर्ताको समय सकिएको छ। ५ पदाधिकारी पदमा २४ जनाको उम्मेदवारी परेको छ।
अध्यक्षमा चार जना, उपाध्यक्षमा ७ जना, सचिवमा ४ जना र  उपसचिवमा ९ जना छन्। ९ मध्ये ३ जना महिला छन्।

निर्वाचन कमिटीका अनुसार अध्यक्ष कमल तिमल्सिना, कृष्णप्रसाद जैशी, बचनबहादुर सिंह र भरत साउदको उम्मेदवारी परेको छ।उपाध्यक्षमा हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, कालिबहादुर शाही र हजारीसिंह साउद, गजेन्द्रबहादुर शाहीको उम्मेदवारी छ।

 सचिवमा रणबहादुर चन्द, राजेश खाति, रतनराज रेग्मी, जीवन कुमार बम छन् भने उपसचिव (महिला ) तर्फ भागरथी विष्ट कन्दकलाकुमारी राना र अर्चना गहतराज उपसचिव खुल्लातर्फ रामदत्त जाेशी, अशाेककुमार चन्द, नरबहादुर विक, सुरेन्द्रबहादुर पाल, हरदेव जाेशी र पल्लभराज भट्ट छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.