bhaktapur

|

ललितपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका-९ ताथलीमा रहेको छोरीको घर ज्येष्ठ नागरिक आश्रम सञ्चालनका लागि १ करोड नगद संकलन भएको छ।

ताथलीमा २ सातासम्म चलेको धार्मिक तथा साँस्कृतिक महोत्सव एवं पितृ मुक्ति विराट ज्ञान महायज्ञ–२०८० को अवसरमा दाताले आश्रमका लागि भनेर करिब १ करोड नगद दान दिएका छन्।

समाजमा तिरष्कृत असहाय जेष्ठ नागरिकलाई संरक्षण गर्ने उद्देश्यले सञ्चालन गरिएको आश्रमका लागि भनेर थप १ करोड दिने विभिन्न निकाय, संघसंस्था तथा ब्यक्तिले पनि गरेको आश्रमका अध्यक्ष एवं महायज्ञ संकल्पकर्ता बालयोगेश्वर विजयमूर्ति महाराजले जानकारी दिएका छन्।

उनका अनुसार १ करोड नगदै र बाँकी १ करोड दाताहरूले दिने वचन दिएका छन्।

वडा नम्बर ८ का वडाध्यक्ष र चाँगुनारायणका मेयरले आश्रमका लागि आवश्यक पर्ने १०–१५ रोपनी जग्गा उपलब्ध गराइदिने आश्वासन मिलेको छ’, उनले भने। 

बागमती प्रदेशका श्रम,रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले आश्रम निर्माणमा प्रदेश सरकारको साथ रहने बताएका छन्। उनले वृद्धहरूलाई सम्मान गरेर उनीहरूको सकारात्मक ज्ञान आर्जन गर्न सकेमात्र समाज अनुशासनको पथमा अघि बढ्न सक्ने पनि बताएका छन्।

बागमती प्रदेशकी सांसद शकुन्तला श्रेष्ठले आश्रमको भवन निर्माणका लमगि प्रदेश सांसद कोषबाट रु १० लाखभन्दा बढी बजेट विनियोजन गर्ने घोषणा गरेकी छन्। 

आश्रमका लागि नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले रु. १ लाख १ हजार १११ आर्थिक दान सहयोग गरेको छ।

जर्मनीको फ्रान्कफर्ट निवासी नेपाली निर्मला गुरुङको परिवारले १ लाख १ हजार १५१ रुपैयाँ आर्थिक सहयोग गरेको आयोजकले जानकारी दिएको छ। १७ दिनको अवधिमा करिब ५० हजारभन्दा बढी भक्तजनले महायज्ञ अवलोकन गरेको आयोजकले जानकारी दिएको छ।

महायज्ञ स्थलमा पुग्नका लागि वृद्धवृद्धाको सहजताका लागि भक्तपुरको जगातीदेखि नालासम्म निःशुल्क बस सेवा समेत रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.