|

काठमाडौं : यतिबेला हिन्दूहरूको महान पर्व दशैँको आगमन भइसकेको छ। अवसरको खोजीमा परदेश गएकाहरू, शहर पसेकाहरू गाउँ फर्किरहेका छन्। शहरका मलदेखि पसलहरूमा किनमेलका लागि भीड जम्मा छ।

विद्यालयहरू बिदा भइसकेका छन्। बालबालिकाका लागि चङ्गासँग रमाउने समय पनि यही हो। तर, विडम्बना  गाउँ तथा शहरका आकाशमा चङ्गाहरू देखिन छोडेका छन्।

यसअघि दशैँ बिदा भएपछि बालबालिकाहरू चङ्गा उडाइरहेका देखिन्थे। भेटिन्थे। तर, त्यो रौनक अचेल हराएको छ। विशाल बजारमा चङ्गा व्यापार गर्ने रवीन्द्र महर्जनले पछिल्लो समय चङ्गाको व्यापारमा ह्रास आइरहेको बताए।

उनले सामाजिक सञ्जाल, प्रविधिको विकासले गर्दा पनि चङ्गाप्रति मान्छेहरूको आशक्ति घटेको बताए।

'पहिले पहिले चङ्गाको व्यापार गर्न भ्याइ नभ्याइ हुने गर्थ्यो। अहिले सुनसान छ', उनले भने। 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.