|

काठमाडौं : जमलस्थित जमलेश्वर महादेवमा पूजा गरी साँस्कृतिक बाजागाजासहित फूलपातीलाई हनुमान ढोका लगिएको छ। 

शनिबार फूलपातीको अवसरमा कमलाक्षी, असन, जनबहाल, इन्द्रचोक, मख्खन हुँदै जमलेश्वर महादेवमा पनि फूलपातीको पूजा गरी हनुमान ढोकास्थित दशैँ घरमा फूलपाती पठाइएको हो। फूलपाती गोरखाबाट धादिङको जीवनपुरसम्म दशैँघरका पूजारीसहित मगर जातिका ६ जनाले ल्याउने र जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका व्राह्मण जातिका छ जनाले ल्याउने परम्परा छ। सोही परम्पराअनुसार जमलमा फूलापाती भित्र्याएर हनुमान ढोका दरबारस्थित दशैँ घरमा गोरखाबाट ल्याएको फूलपाती भित्र्याइन्छ।

नासलचोकमा वैदिक परम्पराअनुसार फूलपातीको पूजा गरी मुलचोकमा तान्त्रिक विधिबाट बलि दिइ हुनमानध्वाखाको दशैँघरमा फूलपाती भित्र्याउने परम्परा रही आएको छ। तत्कालीन राजा पृथ्वीनारायण शाहले काठमाडौं जितेपछि गोर्खा दरबारबाट हुनमानध्वाखा दरबारमा फूलपाती भित्र्याउने चलन सुरू गरेका थिए। यो परम्परालाई हालसम्म पनि निरन्तरता दिइँदै आएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले मौलो पूजाका लागि हनुमानध्वाखाबाट फूलपाती लैजाने गर्दछन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.