साइत खोज्नेका लागि मात्र ११ बजेर २ मिनेट

|

ललितपुर :आज विजया दशमीको दिन घरघरमा देवी दुर्गा भवानीकोप्रसाद स्वरुप टीका र जमरा लगाईँदैछ। आफ्ना मान्यजनबाट टीका र जमरासँगै आर्शिवाद ग्रहण गरिँदैछ। 

नेपाल पन्चाङ्ग निर्णायक विकास समितिले देवी विसर्जनका लागि बिहान १० बजेर ३७ मिनेट तथा टीकाको उत्तम साइतका लागि बिहान ११ बजेर २ मिनेटको समय तोकेको छ। पछिल्लो समय समितीले निर्धारण गरेकैँ समयमा टीका लगाउनुपर्ने बुझाई आम मानिसमा परेको छ।

कतै जानुपर्ने र साइतमै टीका लगाउन नभ्याउनेहरु पनि साइतमा टीका लगाउन नपाउँदा खल्लो महसुस गरिरहेका छन्। यही विषयमा समितिले विजया दशमीको दिन बिहानदेखि बेलुकासम्म जुनसुकै बेला टीका लगाउँदा पनि बाधा नपर्ने जनाएको छ। 

समितिका सदस्य प्राडा देवमणि भट्टराईले शुभ मुर्हुत र साइत खोज्नेका लागि मात्र यो साइतको आवश्यकता रहेको बताए। उनले दिनभर नै टीका लगाउँदा कुनै दोष नहुने बताएका छन्। उनले हरेक धार्मिक कृत्यमा साइतको महत्व हुने र तिथि प्रदान कर्ममा साइतको पनि महत्व रहने बताए।

पश्चिम फर्केर टीका लगाउनु उत्तम हुने समितिले जनाएको छ। टीका लगाइने मानिस पूर्व फर्केर र टीका ग्रहण गर्ने पश्चिम फर्कनु राम्रो हुन्छ।, उनले भने, ‘दुर्गा भवानीको प्रसाद टीका र जमरालाई लगाईदिनु पूर्व आफ्ना कुलदेवता र ईष्ट देवतालाई चढाउनुपर्नेछ।‘​
देवी विसर्जन मन्त्र

नवरात्रभर देवीलाई पुजा आजा गरि विजया दशमीका दिन विसर्जन गरिन्छ। देवी विसर्जनका बेला पनि निम्न मन्त्र उच्चारण गरिन्छ।

’आवाहनं नजानामि नजानामि विर्जसनम्।
पूजां चैव नजानामि क्षम्यतां परमेश्वरी।
इमां पूजां मया देवी यथाशक्त्या निवेदितम्।
रक्षार्थ त्वत्प्रसादाय व्रज स्वस्थानमुत्तमम्।।’
 
यसपछि देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ।

घरका जेष्ठ ब्यक्तिले भगवतीको प्रसाद स्वरूप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई प्रसाद तथा दक्षिणा दिई आशीर्वाद ग्रहण गरिन्छ। अनि सपरिवार नातेदारकहाँ तथा मान्यजनकहाँ दसैँको टीका लगाउन जाने परम्परा छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.