|

काठमाडौं :  राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणले टीका लगाइदिएका छन्।  विजया दशमीको दिन शीतल निवास राष्ट्रपति कार्यालय सम्माननीयहरू, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, प्रदेश प्रमुखहरू, न्यायाधीशहरू, सांसद, संवैधानिक निकायमा प्रमुख एवम विशिष्ट व्यक्तित्वहरूलाई २ बजेदेखि ३ बजेसम्म  टीका प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको थियो। 

यस्तै सर्वसाधारणका लागि ३ देखि ५ बजेसम्म टीका प्रसाद ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ। अहिले राष्ट्रपति पौडेलले टीका लगाइदिइरहेका छन्।   

पौडेलले यसअघि बिहान​ ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलबाट दशैँको टीका, जमरा, प्रसाद र आशिर्वाद  ग्रहण गरेका थिए। साथै गुरु पुरोहितबाट पनि दशैँको दीका, जमरा, प्रसाद ग्रहण गरेका थिए। 

अतिविशिष्ट, विशिष्ट तथा सर्वसाधारणका लागि टीका प्रसाद ग्रहण गर्न आउँदा मर्यादित पोसाकमा १ नम्बर प्रवेशद्वारबाट आउन भनिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.