|

काठमाडौं : नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईँको नेतृत्वमा रहेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले आज काठमाडौंमा छुट्टाछुट्टै प्रदर्शन गर्दै छन्। प्रदर्शनका लागि युवा संघको र्‍याली तीनकुनेमा र प्रसाईंको बल्खुमा जम्मा भएको छ। 

युवा संघले मुलुकमा बेथिति र अराजकताविरुद्ध प्रदर्शन गर्न लागेको बताएको छ भने महाअभियानले स्वतन्त्र नागरिक आन्दोलन भनेको छ। युवा संघले तीनकुने र प्रसाईँ संयोजकत्वको महाअभियानले बल्खुमा प्रदर्शन गर्न लागेका हुन्। तीनकुनेको कार्यक्रममा युवासंघका नेताहरूले सरकार लाचार भएको, महँगी नियन्त्रण गर्न नसकेको, भ्रष्टाचार बढेको, सुशासन कायम गर्न नसकेको जस्ता विषयमा सरकारको विरोध गर्नेछन्।

यसैबीच, दुवै पक्षको प्रदर्शन अनियन्त्रित हुनसक्ने आंकलन गर्दै उपत्यकामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। संभावित जोखिमलाई मध्यनजगर गरी उपत्यका प्रहरी कार्यालयले एकीकृत सुरक्षा योजना नै लागू गरेको छ। नेपाल प्रहरीका डिआइजीको नेतृत्वमा जोइन्ट अप्रेसन कमान्ड सेन्टर (जेओसिसी) गठन गरिएको छ।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.