|

काठमाडौं : कास्कीको पोखरामा जारी केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेटमा शनिबार पनि दुई खेल हुँदैछन्। 

पोखरा रंगशालामा बिहान ९ बजे शुरु हुने पहिलो खेलमा समूह ‘ए’ का कर्णाली प्रदेश र आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी रेडबीच प्रतिस्पर्धा हुँदैछ। 

यी दुवै टोली आज पहिलो जितको खोजीमा मैदान उत्रिँदैछन्। मदन भण्डारी रेड र कर्णाली यसअघिका खेलमा बागमती प्रदेश टीमसँग पराजित भएका थिए। 

दिउँसो १ बजे शुरु हुने खेलमा लुम्बिनी प्रदेश र विभागीय टोली एपीएफबीच प्रतिस्पर्धा हुँदैछ। एपीएफ शुक्रबार गण्डकी प्रदेशसँग पराजित भएको थियो।

लुम्बिनी भने पहिलो खेल खेल्दैछ। १२ टोली सहभागी प्रतियोगितामा चार समूहका शीर्ष टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.